थपिए २६ संक्रमित, ७७ जना डिस्चार्ज
नेपालखोज
२०७८ चैत १६ गते १६:५१

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ९४० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २५ जना र १ हजार २५२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जना गरी कुल २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल जम्मा १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमण मुक्त भइ ७७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६५ हजार ३०५ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।
गत चौबीस घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शूल्य छ । चौबीस घण्टामा देशभरबाट थप ७१ हजार ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया