‘१७ हजार रुसी सेना मार्यौं, १३१ हेलिकोप्टर खसाल्याैं’

किएभ । रूस-युक्रेनबीच ३५ दिन दिनदेखि जारी युद्धमा आज युक्रेनले १७ हजारभन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । यता रूसी सैनिकहरुले लगातार युक्रेनका विभिन्न सहरलाई निशाना बनाइरहेको छ । कैंयन् सहर खण्डहरमा परिणत भइरहेका छन् ।
यसका साथ कैंयन् निर्दोष युक्रेनीहरु मारिएका छन् । दुवै देशका हजारौं सैनिकले पनि यो युद्धमा ज्यान गुमाएका छन् । यता युक्रेनबाट करिब ६० लाख मानिस पलायन हुन बाध्य भएका छन् जसमा बालबालिका, महिला तथा वृद्ध-वृद्धाहरु बढी छन् । जो अहिले युक्रेनमै छन् उनीहरु आफ्नो सहर रुसी हमलाका कारण रातारात खण्डहरमा परिणत भएको हेर्न बाध्य छन् ।
यता रुसको तुलनामा निकै कमजोर युक्रेनी सेनाले रूसी सैनिकको डटेर मुकाबिला गरिरहेको छ । कम हतियार तथा सीमित सैन्य सुविधाका बाबजुद युद्धमा युक्रेनी सेनाले कैंयन् स्तरमा रूसी सेनाको तुलनामा राम्रो प्रदर्शन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यता युक्रेनको सेनाले आज दाबी गर्दै भनेको छ- २४ फेब्रुअरीदेखि अहिले सम्ममा १७,३०० भन्दा बढी रूसी सैनिक मारिइसकेका छन् । यसैगरी १,७०० बख्तरबन्द वाहन नष्ट पारिएको छ भने ६०६ वटा ट्यांक पनि ध्वस्त पारिएको युक्रेनी सेनाले बताएको छ । त्यसका अतिरिक्त रुसका कैंयन् एन्टी एयरक्राफ्ट वारफेयर सिस्टम, रकेट लन्चर सिस्टम, १३० भन्दा बढी प्लेन नष्ट गरेको युक्रेनको दाबी छ । युक्रेनी सेनाले १३० भन्दा बढी हेलिकोप्टर, कैंयन् फ्युल ट्यांक तथा पानीजहाज पनि बेकामे बनाइदिएको जानकारी दिएको छ ।
रूसको नोक्सानी (युक्रेनी सेनाको दाबीअनुसार)
-१७,३०० रूसी सैनिक मारिए
-१,७२३ रूसी बख्तरबन्द वाहन ध्वस्त
-६०५ ट्यांक नष्ट
-१,१४८ सैन्य वाहन
-५४ एन्टी एयरक्राफ्ट वारफेयर सिस्टम
-९६ रकेट लन्चर नष्ट
-१३१ विमान
-७५ फ्युल ट्यांक
-१३१ हेलिकोप्टर
-८१ यूएभी (UAVs)
-७ वाटर वोट नष्ट ।
प्रतिक्रिया