८० देशका कलाकारको सहभागितामा पोखरामा महोत्सव

काठमाडौं । द वर्ल्ड कल्चर आर्टिस एसोसिएसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिबल हुने भएको छ । अगामी सन् २०२३ को डिसेम्बरमा १५ दिनसम्म चल्ने सो फेस्टिबल विश्वका ८० देशका गायक गायिका, ब्यान्ड, मोडल तथा सर्कसहरुका साथमा स्टलहरु सहित प्रस्तुत गरिने दि वर्ल्ड कल्चर एन्ड आर्टिष्ट एसोसिएसन नेपालका अध्यक्ष डम्बरबहादुर बीसीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड्डयनमन्त्री मणिभद्र शर्माले पर्यटकीय नगरी पोखरामा आयोजना हुन लागेको यो कार्यक्रमले पर्यटनको बिकास हुनुका साथै कोरोनापछि बिश्वमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार बताए । मन्त्री शर्माले यो कार्यक्रमले देशको आर्थिक बिकासमा पनि टेवा पुर्याउने बताए । मन्त्री शर्माले प्रदेश सरकारको तर्फबाट फेस्टीबलको लागि आवश्यक जग्गा तथा अन्तराष्ट्रिय कलाकारहरुको सुरक्षा सरकारले गर्ने बताए ।

सो जे एम इन्टरटेन्टमेन्टको नेपालका अध्यक्ष प्रकाश सुबेदीले नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृति एक आपसमा आदान प्रदान गरि आपसी सदभाव साँस्कृतिक प्रवद्र्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याई नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताए । दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनले रसिया, टर्की, फिलीपिन्स, ब्राजिललगायतका यस्तो फेस्टीबल सफलता पूर्वक सम्पन्न गरेको भन्दै सुन्दर देश नेपालको पोखरामा हुन लागेकाले आफु उत्साहित भएको बताए ।
प्रतिक्रिया