लोसपा केन्द्रिय कार्यकारिणी समिति बैठकमा निर्वाचनमा अपनाउने रणनीतिबारे छलफल

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचन अपनाउने रणनीतिबारे छलफल सुरु गरेको छ । बुधवार पार्टी कार्यालय बबर महलमा बसेको समितिको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको हो ।
बैठकपछि लोसपाका नेता लक्ष्मणलाल कर्णले समितिको बैठकमा नेताहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे आफ्नो मत राखेको बताएका छन् । उनले नेताहरुले बोल्ने क्रम नसकिएकोले भोलि पनि बोल्ने प्रक्रिया जारी रहने बताए । उनले भने, ‘स्थानीय निर्वाचन धेरै नजिक आयो, स्थानीय निर्वाचनमा कसरी हामी जान के गर्ने ? र अहिलेसम्म हामीले के गरेका छौं ? पार्टीको एक्टिभिटी त्यो सम्बन्धमा व्यापक छलफल भयो । त्यसपछि विधान हाम्रो परिमार्जन निर्वाचन आयोगमा दर्ता भएको छ ।’

विधानको सम्बन्धमा अध्ययन गर्न सबैलाई मौका दिएकोसमेत उनले बताए । उनले भने, ‘त्यसको केही परिमार्जन गर्ने हामीले एउटा पद्धति बनाएर, कमिटी बनाएर मस्यौदा तयार गरेका छौँ । भोलि त्यसलाई फाइनल गर्नेछौँ । त्यो सम्बन्धमा पनि विधानको सम्बन्धमा अध्ययन गर्न सबैलाई मौका दिएको छ । मुल रुपमा इलेक्सनको लागि हामी बस्यौँ । भोलि १ बजे फेरि बैठक बस्छ ।’

लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक बिहीवार १ बजे बस्नेछ ।

प्रतिक्रिया