‘कुहिएको आलुले सद्दे पनि कुहाउँछ !’

पूर्ण कार्कीका अनुसार- यो आलुको थुप्रोबाट राम्रो आलु छान्नु र निर्वाचनमा राम्रो नेता छान्नु!!!
उस्तै उस्तै होइन र ????
पत्रकार तीर्थ कोइरालाको तस्बिरसहितको फेसबुक पोस्टमा आएका प्रतिक्रियाहरु (यसमा अर्का पत्रकार भरत कोइरालाको यस्तै पोस्टमा आएका प्रतिक्रिया पनि समावेश छ ) :
कति हाँस्नु ? हाँसेरै मरिने भो !
चन्द्र घिमिरे
आलु र नेताको तुलना मिल्दैन पासा ! केही राम्रो नेता परे त राम्रै हुन्छ !
स्नेह सायमि
खोतल खातल गर्दा १/२ वटा त राम्रै भेटिलान् नि ? उधिन्न चै सक्नु पर्यो ।
युवराज दवाडी
“आलु” र “नेता” उस्तै उस्तै हुन् ।
ज्योतोरत्न शाक्य
यो थुप्रोमा राम्रो आलु छान्न सजिलो छ, हाम्रा नेताबाट असल नेता छान्न गाह्रो ।
अनुप सुवेदी
सबै क्षेत्रमा यस्तै हो ।
जीपी तिम्सिना
यी ठूला-ठूला दानाचाहिँ खराब नै छन् तर साना-साना त राम्रा छन्, सद्दे नै छन् । सानालाई मन पराउन सक्नुपर्यो ।
सूर्य कोइराला
आलुको थुप्रो भन्नाले जनता बुझिन्छ, अब यस्तो थुप्रो भएपछि गाह्रो त हुने नै भयो नि ।
शिव निरौला
यो हो नि छनौट गर्दा गर्दा नथाक्ने हामी नेपाली लाई असल सम्म पुग्ने चुनौती ???
खनाल सीता
नेता राम्रा धेरै पाइन्छन तर तपाइको पेशामा नेता जत्तिक पनि मान्छे छैनन् । यो त बुझ्नु भएकै छ हसिता ।
विष्णु पोखरेल
देश नै कुहिएको आलुको थुप्रो झैँ सड्दैछ !
तारानाथ पोखरेल
कुनै दलका नेता भन्दा कम रहेन्छन् यी आलु । यो ह्रासबाट जो छानिन्छन् ती हुन्छन् सिपालु । जुनकिरी झैं ज्योति बाली अन्धकारमै चम्किए- यसै गरि गरि देश विकासका नारा हुन्छन् चालु ।
लक्ष्मण पाण्डे
यस पालीको चुनावमा पुरानो छान्ने ठाउमा जाने नै होईन काका ।
हरि कोइराला
योमध्यको राम्रो छान्ने नि हजुर । के गर्नु हामी नेपालीको लेखन्त नै यही रहेछ ।
सुवास ढकाल
देश नै कुहेको आलुको थुप्रो झै सड्दै छ !
तीर्थ पोखरेल
दाहिनेपट्टिको ठूलो आलु सद्दे छ, किनकि त्यो तराई को हो !
अशोक पालिखे
त्यो ठूलोको पछाडिको दोस्रो सानो चाहिँ सद्दे देखिन्छ, अलि रातो भा’कोले विश्वास भन्ने हुन्न, पछाडि कुहिएको हुन सक्छ ।
युवराज आचार्य
नेपालमा असली नेता खोजे सराबर भयो त सर ।
नारायण आचार्य
हाम्रो देशको नेता जस्तै आलु पनि निहालेर खोजी रहनु पर्ने ।
मना नैनाबस्ती
स्थानीय चुनाबका उमेद्बार हुन कि कसो???
जयराम पौडेल
यिनलाई खोलामा हालेर नयाँ उब्जनी गराउनु पर्ला जस्तो छ अब ।
सचिन आचार्य
सद्दे त छ्दै छैनन, अहिलेका राजनितिक दल जस्ता ।
शिवप्रकाश पन्थी
यहाँ धेरै आलुहरुको गिदी नै उडेको छ ,तै पनि सबै आलु हरु मुख आँ गरेको देक्छु ।अम्मा मा मा यी सबै हाम्रै देशका आलु हुन है, अनि यिनीहरूले नै यहाँ राज्य गरी रहेका छन् है । सद्धे आलुहरु भनाउँदा हरु सबै विदेश तिर लागि सके के गर्नु र अब ।
प्राथमिक न्यौपाने
कुहिएको आलुले सद्दे आलु पनि कुहाउँछ !
रामजीप्रसाद लम्साल
कुहिएको हैन कमिलाले खाएको हो मामा श्री ।
लामिछाने विनोद
जस्तो दृष्टि उस्तै सृष्टि ।
कमलनयन गौतम
सद्दे आलु धेरै नै छन् , मात्र सडे-गलेकाले ढाकिदिएर !
सुशील बास्तोला
यो थुप्रोमा सद्दे आलु खोज्नु र नेपालमा सद्दे नेता खोज्नु एकएकै हो ।
विश्व शाक्य
यो थुप्रो भन्दा बाहिर बाट खोज्नु पर्छ ।
अर्जुनराज आचार्य

प्रतिक्रिया