सत्ता गठबन्धनको बैठक बस्दै

नेपालखोज २०७८ चैत १७ गते ७:०९
फाइल तस्बिर

 काठमाडाैं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेकाे जनाइएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता गठबन्धनको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।

प्रतिक्रिया