गोरखापत्रको महाप्रबन्धकमा ऐरी, न्यूनतम पारिश्रमिक निर्धारण समितिमा खड्का

नेपालखोज २०७८ चैत १७ गते १२:३३

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गरेको छ । यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।

ऐरी नेपाल प्रेस युनियन सुदूपश्चिमका संयोजक हुन् भने खड्का नेपाल पत्रकार महासंघको पूर्वसचिव हुन् ।गोरखापत्र संस्थानको महाप्रबन्धकमा ऐरी र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा खड्कालाई बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको हो ।

केही दिनपछि चुनावको आचारसंहिता लाग्ने भएकाले सरकारले धमाधम राजनीतिक नियुक्ति गर्ने कामलाई निरन्तरता दिएको हो ।

प्रतिक्रिया