एसियन कप छनोटका लागि अब्दुल्लाहले बन्द प्रशिक्षणमा बोलाए २४ खेलाडी
काठमाडाैं । आसन्न एएफसी एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाएका छन् । कुवतेमा हुने छनोटका लागि नेपाली टिमले अप्रिल १५ तारिखबाट तयारी सुरु गर्ने भएको छ ।
नेपालले जुनमा खेल्ने यो प्रतियोगितामा बलिया टिम जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ । नेपाल समुह ए मा रहेको छ । नेपालले फिफा बिश्वकप छनोटमा खेलेका जोर्डन र कुवेसँग नै फेरी खेल्नुपर्नेछ । अघिल्लो सातामा नेपालले थाइल्याण्डमा दुई वटा मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा दुबै खेलमा नेपाल पराजित भएको थियो ।
नेपालले एशियन कप छनोटको पहिलो खेलमा जोर्डनसँग जुन आठमा खेल्नेछ भने अर्को खेलमा जुन ११ मा कुवेत र अन्तिम खेलमा जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ । यसअघि प्रशिक्षणमा रहेका जगजित श्रेष्ठ र आशिष लामालाई यसपटक बाहिर राखिएको छ । उनको स्थानमा चोटमुक्त भएर फर्किएका नवयुग श्रेष्ठ र विकाश खवासलाई प्रशिक्षणमा बोलाइएको छ ।
नवयुग घुँडाको शल्यक्रिया गरेर झापा गोल्डकपबाट मैदानमा फर्किएका थिए । यस्तै विशाल राईलाई यो पटकको टिममा राखिएको छैन ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
किरण चेम्जोङ, दिप कार्की, बिशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकाश खवास, बिमल घर्तिमगर, दर्शन गुरुङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमल लामा, सुनील बल, सुरजजिउ ठकुरी, तेज तामाङ
प्रतिक्रिया