बिहीबार, जेठ ३, २०८१

‘शिव पशुपति हुन्, अर्थात् सम्पूर्ण जीवहरूको अधिपति’

सदगुरु २०७८ चैत १८ गते ८:३७

-स्त्रीलाई पुरुषको समाजमा अटाउन खोज्नुको सट्टा, हामीले यस्तो समाज निर्माण गर्नुपर्छ जहाँ पुरुष-प्रकृति र स्त्री-प्रकृतिको बराबर भूमिका रहनेछ ।

-जब तपाईं सहज रहनुहुन्छ, तपाईंले सदैव आफ्नो उत्तम गर्नुहुनेछ । जब तपाईं आफ्नो उत्तम गर्नुहुन्छ, तपाईंको जीवन तृप्ति प्रदान गर्ने अनुभव बन्दछ ।

-यदि तपाईंको मन सचेतन रूपमा सक्रिय रह्यो भने, यो अस्तित्वको सबैभन्दा चमत्कारपूर्ण चिज बन्दछ ।

-हाम्रो संस्कृति मानिसको आध्यात्मिक विकासका लागि जरुरी परिवेश सिर्जना गर्नमा समर्पित छ ।

-हामीले हरेक मानिसमा यो कुरा घुसाउनुपर्छ कि माटो, पानी र हावा भनेको प्रयोग गर्ने र फ्याँकिदिने साधनहरू होइनन् । यी जीवन निर्माण गर्ने तत्त्वहरू हुन् ।

-हामी सबै धरती आमाको माटोको सन्तान हौँ । हाम्रो लागि अनि अझै जन्मिन बाँकी पिँढीको लागि, आउनुहोस् माटो जोगाऔँ ।

-जब तपाईं सचेतन भई आफ्ना रुचि र अरुचिहरूबाट माथि उठ्नुहुन्छ, त्यही नै परिपक्वता हो ।

-जब तपाईं आफूलाई यस्तो बनाउने प्रयास गर्नुहुन्छ कि तपाईंलाई प्रेम गर्नबाट अरूले आफूलाई रोक्न नसकून्, तब जीवन प्रस्फुरित भई सुन्दर र समृद्ध बन्नेछ ।

-शिव पशुपति हुन्, अर्थात् सम्पूर्ण जीवहरूको अधिपति हुन् । सम्पूर्ण देवहरूमा उनी धरतीसँग सबैभन्दा बढी जोडिएका छन् साथै जैविक विविधताका स्वामी हुन् । माटो जोगाऔँ; यसलाई साकार पारौँ।

-यदि तपाईंको मूल-आधार निश्चलता भयो भने, जीवनको नृत्य पूर्णतया निष्फिक्री हुन सक्छ ।

प्रतिक्रिया