सोमबार, वैशाख १७, २०८१

प्रेमका परिवारले पाए बीमा रकम

नेपालखोज २०७९ माघ २५ गते १२:४०

काठमाडौं । आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको परिवारले बीमावापतको रकम पाएका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आचार्य परिवारलाई दावी भुक्तानीवापतको ५० लाख १२ हजार १९४ रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत दाबी भुक्तानी गरेको सन लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताए ।

आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए ।

प्रतिक्रिया