सोमबार, वैशाख १७, २०८१

अब यो लुक्समै आउनुपर्‍यो फिल्ममा

नेपालखोज २०७८ चैत १८ गते १३:१९

नायक बिराज भट्टले दारी फुले बैंसैमा भन्दै राखेको तिलचामले दारीसहितको तस्बिरमा आएका केही कमेन्ट :

मेरो कपाल पुरै फुल्यो तिस बर्से उमेरैमा ।
गणेश गैरे

दारी फुल्यो बैंसैमा बिराज दाई भुलिए पैसैमा , तीन वर्षमा दुईचारवटा भोजपुरी मुभि निकालेर कसरी होला ? यसो नेपाली उध्योग चलाउन ५ वर्षमा एउटा मुभि भएपनि निकाल्नुपर्छ , खलनायक 2 लिएर आउनु ।
सन्तोष कटुवाल

अब त बुढो भैइएन र मेरो दाई ?
हर्कजंग थापा

अझैं सोह्र बर्ष को जस्तो लाग्छ र ?
शेरबहादुर

दारी बैंसैमा फुले पनि फिल्म जगतमा नाम पनि बेलैमा कमाउनु भयो नी ।
श्री राम गहतराज

चस्मा लगाउँछ पावर ?
सरोज

रामराम कति राम्रो फ‍ोटो ? यता बाट हेर्दा नि राम्रो, उता बाट हेर्दा नि राम्रो, उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो! सुतेर हेर्दा नि राम्रो ,बसेर हेर्दा नि राम्रो, सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो बयान नै गर्न सक्दिन म ।
सुन्देर कर्मा

फुल्नु र झर्नुमा हाम्रो केहि दोष छैन ।
तिलक अधिकारी

दारी फुलेछ ठुल्दाजु , बुढाे भएछौं ।
ढकाल प्रविन

दारी फुले बैंसैमा चश्मा लगाउनु पावर । एक नेपाल बस्दैनौ सुइकिँ हाल्छौ भोजपुरी तिर ।
लालसिंह बस्नेत

समयले सबै चिज फुलाउँछ हजुर , दारि , जुङ्गा- सुङा सप्पै ।
रमेशजंङ क्षेत्री

दारी फुले बड्डो भैइन्छ ।
दिपक शर्मा

दारी फुले पनि तपाईको मन फुलेको छैन ।
सागर खरेल

बजारमा नयाँ-नयाँ चस्मा आको छ ।
सुर्य राजवन्शी

कपाल कालो दारी सेतो ।
टेक खत्री

चश्मा लगाओ नक्कली ।
जीवन प्रयास

ल बुडाे भइएछ हइ बिराज सर ।
प्रेम बास्तोला

अब यो लुक्समा आउनु पर्‍यो फिल्ममा ।
कपिलदेब घर्ती मगर

हजुर भनेको टाईगर हो टाईगरको दारी जुङ्गा सेतै हुन्छ ।
सुरेन्द्र सिंह

दारी फुले बैँसैमा चस्मा लाउँछौ पावर ।
सुजेन क्षेत्री

बैसैंमा होइन , बुढो हुनु भएको हो ।
कबि नाथ

१० पूरा भएर ११ मा टेक्दै हुनुहुन्छ भाइ दारी फुलेछ ।
बसरात खान

फुलेकै हो र दाजू ?
युआर पान्डे

अझै पत्याउँछन् केटीहरुले ।
माधव तिम्सिना

बड्डा भैगए अब तमी पनि
सुरत विश्वकर्मा

दारी फुले बैसैमा ,
चस्मा लाउँछौ रेवान !
बिनोद बिनोद

पारस शाह फ्लप ।
दिलिप थापा

कालाे मेहेदिं लगाउनु सर ।
भुवन कुँवर

मजाक नगर्नुन , बच्चैबाट तपाईंको फिलिम हेर्दै आएको म, मेरो त दारी फुलिसक्यो अझैँ तपाई बैंसैमा दारी फुल्यो भन्नु हुन्छ।
हरि पौडेल

अन्य : One of my favorites , Looks awesome!! , Looks fantastic , Great picture , Very Nice , good , My favorite star forever , love you dada , Wow , Hero Dai

प्रतिक्रिया