बुधबार, वैशाख १९, २०८१

रेखाको फिल्मबाट आँचलले हात झिकिन्, यस्तो छ कारण

नेपालखोज २०७९ चैत १ गते १७:२७

काठमाडौं । रेखा थापाको अनटाइटल्ड प्रोजेक्टमा नायिका आँचल शर्माले काम नगर्ने भएकी छिन् । रेखाले चलचित्रको स्क्रिप्ट पढ्न नदिएपछि उनले सो चलचित्रमा काम नगर्ने निष्कर्षमा पुगेकी हुन् ।

‘नायक विहीन’ नारीप्रधान चलचित्रमा रेखासहित पूजा शर्मा र आँचलले प्रमूख भूमिकामा अभिनय गर्ने भनिएको थियो । पूजाले सामाजिक सञ्जालमा नै रेखासँग सहकार्य पाएकोमा उत्साहित स्टाटस लेखेकी थिइन् । आँचलले भने अहिलेसम्म यो फिल्मका विषयमा केही पनि बताएकी छैनन् ।

विश्वसनीय स्रोतका अनुसार रेखाले प्रस्ताव गरेपछि आँचलले सुरुमा सकारात्मक रेस्पोन्स गरेकी थिइन् । पछि उनले फिल्मको स्क्रिप्ट पढ्न मागिन् । तर, रेखाले ‘तिमीले अहिलेसम्म कतिवटा फिल्मको स्क्रिप्ट पढेर साइन गरेकी छौ ?’ भन्दै होच्याउन खोजेपछि आँचलले चित्त दुखाएकी हुन् ।

आँचलले नखेल्ने भएपछि रेखा अर्की हिरोइनको खोजीमा जुटेकी छन् ।

प्रतिक्रिया