भरतपुर महानगरको मेयरमा कांग्रेस नेता नीलकण्ठ रिजालको दाबेदारी
काठमाडाैं । भरतपुर महानगरको मेयरमा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता निलकण्ठ रिजालले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । उनले ‘शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर’ भन्ने नारासहित आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
कांग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका रिजाल विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका छन् । जिल्ला केन्द्रित राजनीतिसँगै भरतपुरको मेयरमा दाबी गरेपछि रिजालको नाम अहिले चितवन कांग्रेसभित्र चर्चामा रहेको छ ।
युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री, उपाध्यक्षमा जस्ता महत्वपूर्ण पदमा बसेर काम गरिसकेको छन् ।
कांग्रेस केन्द्रीय समितिको अधिकांश नेताहरू रिजालको पक्षमा रहेकाले मेयरको टिकट रिजालले पाउन सक्ने जिल्ला नेताहरुको बुझाइ रहेको छ । भरतपुरको मेयरमा दाबी गरेसँगै उनी सम्भावित युवा उम्मेद्वारको रुपमा देखिएका छन् ।
प्रतिक्रिया