बिहीबार, मंसिर २७, २०८१

नेप्से २५ सय ४४ दशमलव ३० अंकमा, सातामा १३ अर्ब ४२ करोडको कारोबार

नेपालखोज २०७८ चैत १८ गते ११:२०

काठमाडौं । नेप्से यो साता २५ सय ४४ दशमलव ३० अंकमा आएर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ७५ दशमलव ४७ अंकमा आएर रोकिएको छ ।

नियमित कारोबारका लागि नेप्से सातामा पाँच कार्य दिन नै खुलेको भएपनि चार कार्य दिन नेप्से लगातार घटेको थियो । सोही आधारमा दुबै परिसुचक ओरालो लागेका हुन् । नेप्से सुचक ओरालो लागेपनि कारोबार रकम भने गत साताको तुलनामा यो साता बढेको छ । दुुई सय ३२ वटा कम्पनीहरुको यो साता दुई लाख १० हजार पाँच सय ४७ पटकको कारोबारमा दुई करोड ६० लाख ६१ हजार छ सय १५ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम १३ अर्ब ४२ करोड ५७ लाख ४६ हजार चार सय ११ रुपैयाँ पुग्न सफल भएको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैयाँले बढी हो ।

गत साता भने दुुई सय ३५ वटा कम्पनीहरुको एक लाख ८४ हजार छ सय ७७ पटकको कारोबारमा दुई करोड ४० लाख ९० हजार सात सय ६२ कित्ता सेयर किनबेच भएको थियो । जसबाट कुल कारोबार रकम १२ अर्ब ६८ करोड १५ लाख ३४ हजार आठ सय ७२ रुपैयाँ पुगेको थियो । नेप्से खुलेको मध्ये यो साता पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन घटेको थियो भने चौंथो दिन बढेको थियो ।

जसअुनसार पहिलो दिन ४१ दशमलव ४१ अंकले घटेर दुुई हजार पाँच सय ७२ दशमलव २६ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन पनि २३ दशमलव ९५ अंकले घटेर दुुई हजार पाँच सय ४४ दशमलव ३० अंकमा सिमित हुुन पुगेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन नौं दशमलव ५५ अंंकले घटेर चार सय ७९ दसमलव ३९ अंकमा खुम्चिएकोमा अन्तिम कारोबार दिन पनि चार दशमलव छ अंंकले घटेर चार सय ७५ दशमलव ४७ अंंकमा सिमित हुन पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा नेप्से सुचक एवं सेन्सिटिभ इन्डेक्स दुबै घटेका थिए । चौथो दिन भने यि दुबै सुचक बढेका थिए ।

कारोबार गर्ने कम्पनीहरु मध्येमा यो साता नेपाल टेलिकम, नबिल बैंक आदिको बढी रकम कारोबार भएको देखिएको छ भने नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएको देखिएको छ । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया