वर्षको अन्तिम दिन नेप्सेमा झिनो अंकले गिरावट, चार अंकले घट्दा आठ अर्ब ६६ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से झिनो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन तथा बिसं २०८२ सालको अन्तिम दिन आज सोमबार नेप्से चार दशमलव १८ अंकले घटेर २८ सय ३३ दशमलव ६० अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४९ अंकले घटेर चार सय ७६ दशमलव ६५ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ४२ वटा कम्पनीहरुको एक लाख एक हजार एक सय ८० पटकको कारोबारमा दुई करोड एक लाख ६३ हजार सात सय ९३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार छ सय ४१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक ८० दशमलव ३५ अंकले बढेर सात हजार नौं सय ५३ दशमलव २४ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ५१ दशमलव ६९ अंकले बढेर ११ हजार दुई सय ४५ दशमलव ९६ अंकमा पुगेको छ ।
यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः ८० दशमलव ३५, शुन्य दशमलव १४, ४७ दशमलव ५१ र शुन्य दशमलव शुन्य आठ अंकले बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक भने सात दशमलव शुन्य तीन अंकले घटेर १४ सय ६८ दशमलव ९० अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३३ दशमलव ३१ अंकले घटेर पाँच हजार नौं सय ९९ दशमलव ८५ अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि सात दशमलव २५ अंकले घटेर २४ सय ७८ दशमलव ९६ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव ४५ अंकले घटेर १२ हजार आठ सय ४० दशमलव ५३ अंकमा झरेको छ । लघुुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः २१ दशमलव शुन्य चार, ३४ दशमलव ७९ र आठ दशमलव २१ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सुपरखुदी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया