माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा
काठमाडाैं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको बिहिबार धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले एक कार्यक्रमका बीच समुद्घाटन गरेको बैंकले जानकारी दिएको छ । उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो ।
नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ । देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकलेकैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।
नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।
प्रतिक्रिया