बुधबार, वैशाख १९, २०८१

प्रभु महालक्ष्मीको नेपालगंज, बर्दिवास, बुटवल र बाग्लुङमा अभिकर्ता मिलन कार्यक्रम

नेपालखोज २०८० साउन ४ गते १६:५४


काठमाडौं । यही असार २९ गते एकिकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका बिभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण तीन गते एकै दिन नेपालगंज, बर्दिवास (महोत्तरी), बुटवल र बाग्लुङमा कार्यक्रम संचालन भएको हो ।

मर्जरपछि व्यवसायको मूख्य अंग भएका अभिकर्ता फोर्सलाई एकिकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरी अभिकर्ताहरुलाई खटाइएको थियो । साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणपछि दुवै कम्पनीका अभिकर्ताहरुसँग छलफल तथा अन्तरक्रिया समेत गरियो ।प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेपालगंजमा किशोरा प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ, बुटवलमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा, बर्दिवासमा प्रयास श्रेष्ठ र सिताराम धिमाल तथा बाग्लुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिए । उक्त सबै कार्यक्रममा एक सय देखि दुई सय अभिकर्ताको सहभागिता थियो ।

कम्पनीले प्रशिक्षणलाई निरन्तरता दिने क्रममा साउन चार गते पोखरा र इटहरीमा कार्यक्रम सञ्चालन गरेको छ भने साउन छ गते शनिवार काठमाडौंमा अभिकर्ता मिलन तथा प्रशिक्षण कार्यक्रम संचालन गर्ने तयारी गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया