मंगलबार, असार १७, २०८२

आदीवासी, जनजातीको बासस्थान संरक्षण गर्न सरकारसँग फोनिजकाे माग

नेपालखोज २०७८ चैत १८ गते १५:३९

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघले आदीवासी, जनजातीको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदीवासी जनजातीको थातथलो भताभुङ्ग पार्ने काम भइरहेको भन्दै महासंघले आदीवासी, जनजातीको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले शुरु गर्ने नयाँ आयोजनाहरु आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्व सूसुचित हुन पाउनुपर्ने बताए ।

उनले स्थानीय र प्रदेश सरकारबाट आदीवासी जनजातीका नाममा विनियोजित बजेट अन्य शीर्षकमा खर्च गरेकोप्रति समेत आपत्ति जनाए ।उनले आदीवासी र जनजातीको विकासका लागि छुट्याइएको बजेट सदुपयोग गर्न सरकारसँग माग गर्दै आदीवासी जनजातीको उत्थान, सशक्तिकरण तथा आफ्नो मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण प्रवद्र्धनको लागि विशेष कार्ययोजना ल्याइने जनाए । उपाध्यक्ष घर्तीले अल्पसंख्यक, लोपोन्मुख, सिमान्तकृत आदिवासी जनजातीको संरक्षण, सांस्कृतिक प्रवद्र्धन र राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्वका लागि विशेष पहल गरिने पनि बताए ।

त्यस्तै कार्यक्रमा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सबै नेपालीले समान अवसर पाउनुपर्ने महासंघको माग रहेको बताउँदै उनले सबैले सबैको अस्तित्व स्वीर्कानुपर्ने भन्दै सबैले सबैको सम्मान गर्ने बलियो समाजको आधारस्तम्भ निर्माण गर्न आवश्यक रहेको बताए । अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा परिणाममुखी काम गरेर देखाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया