बिहीबार, वैशाख ६, २०८१

प्रदेश २ इन्जिनियर्स एसोसिएसनको चुनावमा एमाले-जसपाको संयुक्त उम्मेद्‌वारी

नेपालखोज २०७७ चैत २४ गते १५:२८

काठमाडौं । आगामी बैशाखमा हुने नेपाल ईन्जिनियर्स एशोसियसनको निर्वाचनको लागि प्रदेश–२ मा प्रमुख सत्तारूढ दल नेकपा (एमाले) र विपक्षी दल जनता समाजवादी पार्टीले संयुक्त उम्मेदवारी दर्ता गरेको छ । नेकपा र जसपाबीचको चुनावी गठबन्धनबाट ई. भगवान झाको नेतृत्वमा संयुक्त उम्मेदवारी दर्ता गरिएको हो ।

जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघ र एमाले समर्थित प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनबीच नेपाल ईन्जिनियर्स एशोसियसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति अनुरूप झाको नेतृत्वमा संयुक्त उम्मेदवारी परेको हो ।

उम्मेदवारी दर्ता गराउनु अघि प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र राष्ट्रिय इन्जिनियर संघबीच चुनावी गठबन्धन भएको थियो । दुई संगठनले चुनावमा संयुक्त प्यानल बनाउने सहमति गरेका थिए ।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनका अध्यक्ष ई. शम्भु बहादुर श्रेष्ठ र राष्ट्रिय इन्जिनियर संघका अध्यक्ष ई. भगवान झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरुमा संयुक्त रुपमा चुनावी तयारी गर्ने जानकारी दिएका थिए ।

सि.डि.ई. झा प्रदेश २ को विकासको लागि अहोरात्र खटिँदै आएका छन् । विकास अभियन्ताको रुपमा प्रसिद्ध रहेका झा प्रदेशभरि नै सबैको प्रिय छन् । ईन्जिनियरहरु झाको उम्मेद्धवारी दर्ताबाट उत्साही भएका छन् ।

नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेृश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदैछ ।

प्रतिक्रिया