मंगलबार, मंसिर १८, २०८१

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्रीले सम्हाल्ने

नेपालखोज २०७८ चैत १८ गते १५:४४

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।

नेपालको संविधानअनुसार देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया