गरिमा क्यापिटलको छैटौं वार्षिक साधारण सभा वैशाख ९ गते
नेपालखोज
२०७८ चैत १८ गते २०:३२
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा वैशाख ९ गते हुने भएको छ । साधारण सभा २०७९ वैशाख ९ गते शुक्रबार दिउसो २ बजे बूढानीलकण्ठ पार्क भिलेज रिसोटमा बस्नेछ ।
साधारण सभामा आव २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०७८/७९ को लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका विषयमा छलफल हुने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया