चुनावी जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज खोटाङ जाँदै
नेपालखोज
२०७८ चैत १९ गते १०:०८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङ जाने भएका छन् । खोटाङको दिक्तेलमा आयोजना हुने पार्टीको बृहत् चुनावी जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बिहान साढे १० बजे खोटाङ जान लागेको एमाले पार्टी कार्यालयले जनाएको छ ।
सभामा अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता–कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने भएका छन् । जनसभालाई भव्य बनाउन उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार-प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम, खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा हुने कार्यक्रम व्यवस्थापन र देवबिक्रम राईको संयोजकत्वमा जनपरिचालन समिति बनाइएको छ । ओली हलेशी महादेव मन्दीरको दर्शनमा पनि जाने कार्यसुचि रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया