शनिबार, मंसिर २९, २०८१

भारतमा कोराना संक्रमणदर ०.२४ प्रतिशतमा झर्यो

पछिल्लो २४ घण्टामा ८३ जनाको मृत्यु

नेपालखोज २०७८ चैत १९ गते १०:४३

काठमाडौं । भारतमा कोराना संक्रमण दर निकै नै कमी भएको छ । शनिबार १ हजार २६० नयाँ कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १ हजार ४०४ कोरोना संक्रमित निको भएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अहिले देशमा १३ हजार ४ सय ४५ कोरोना संक्रमित उपचाररत छन् । योसँगै पछिल्लो २४ घण्टामा ८३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

महामारी सुरु भएदेखि हालसम्म ५ लाख २१ हजार २६४ कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमण दर अहिले ० दशमलव २४ प्रतिशतमा झरेको छ । -बीबीसी

प्रतिक्रिया