चीन र म्यानमारका विदेशमन्त्री वीच भेटवार्ता
काठमाडौं । चीनका विदेश मन्त्री वाङ यी र म्यानमारका यु वुन्ना माउङ ल्विनबीच भेटवार्ता भएको छ । उनिहरु बीच चीनको तुन्छीमा भेटवार्ता भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । दुई देश बीचको परम्परागत सम्बन्धलाई थप बलियो बनाउन भेटवार्ता उपलब्धीमूलक भएको उनीहरूको भनाई छ ।
वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले म्यानमारलाई विगतमा गर्दै आएको सहयोग वृद्धि गर्ने प्रतिवद्धता पनि जनाएको थियो ।म्यानमारका गत वर्ष सेनाले सत्ता हातमा लिएपछि कतिपय देशहरूले दिई आएको सहयोग कटौती गरेपनि चीनले भने बढाउदै लगेको हो ।
सेनाले चालेको कदमको विश्वका धेरै देशले विरोध गरेपनि चीनले भने विरोध गरेको थिएन । बरु म्यानमारका लागि अत्यावश्यक पर्ने कतिपय सहयोग चीनले नै दिएर म्यानमारको संकट टारेको थियो । चीनले म्यानमारसँग विविध क्षेत्रमा सहकार्य र सहयोग बढाउन चाहेको पनि चिनियाँ विदेश मन्त्री यीले बताएका थिए । उनिहरूले कोरोनाभाइरसको महामारी विरुद्धका संघर्ष र आफूहरूले गरेको प्रयासका बारेमा पनि अनुभव आदान प्रदान गरेका छन् ।
प्रतिक्रिया