शुक्रबार, जेठ ४, २०८१

खानेपानी मन्त्री चौधरी मेलम्चीकाे मुहानमा

नेपालखोज २०७८ चैत १९ गते १५:४६

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन् । मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका हुन् ।

उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए । मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाए । अहिले अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उल्लेख गरे । अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको मन्त्री चौधरीको भनाइ छ ।

त्यस्तै, हेल्मबु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने हेल्मबु गाउँपालिकाको पनि दायित्व रहेको बताए । हेल्मबु गाउँपालिकाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने दायित्व पूरा गर्ने तर काठमाडौं वासीले शुल्क तिर पानी खाँदा हेल्मबुका जनतालाई २५ प्रतिशत हिंसा पाउनु पर्ने माग राखेका थिए ।

उनले हेल्मबुले पहिला देखि यो माग राख्दै आएकाले मेलम्चीको पानी शुल्क तिर काठमाडौंका जनताले खानु पुर्‍याे भने हेल्मबुवासीले हिंसा नछोड्ने दाबी गरे । सरकारले मेलम्चीको पानी काठमाडौंमा लग्ने मात्रै नभएर पानीको मुहानको संरक्षण र प्रभावित क्षेत्रका जनतालाई दिएको राहतले नपुग्ने भन्दै राहत थप गर्न सरकारसँग माग गरे ।

त्यस्तै, मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले महानबाट टर्नेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको बताए । उनले अहिले मेलम्ची खानेपानीको मुहानको बाहिर काम सकिएको बताए । टर्नेल भित्रभएको लदो माटो सफा गर्नको लागि सबै गेट खोल्ने तयारीमा रहेको कुँवरले जानकारी दिए । गेट खोलेर टर्नेल सफा गर्दै ७ दिनमा मेलम्चीको पानी सुन्दरीजल पुर्‍याेउने योजना अनुसार काम भइरहेको कुँवरले बताए ।

असारको पहिलो साता आएको बाढीले मेलच्ची आयोजनामा ठूलो क्षति पुर्‍यायाे । निर्माण सामग्रीसहित स्थायी संरचना पुगेको क्षतिले आयोजनालाई पुनः पछि धकेलेको थियो । यसले काठमाडौंबासीलाई मेलम्चीको पानी कहिलेदेखि उपलब्ध हुन्छ भनेर यकिन थिएन तर मन्त्री सरकारले चैत मसान्तमा नै पानी ल्याउने बताएको छ ।

प्रतिक्रिया