मंगलबार, मंसिर २५, २०८१

वाग्मतीसहित ५ वटा प्रदेशमा चट्याङसँगै वर्षाको सम्भावना

नेपालखोज २०७८ चैत २० गते ६:१४

काठमाडौं । हाल देशमा भारतको विहारदेखि वंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ भने, प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ भने, प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया