ओसाकालाई हराउँदै इगा स्विटेकले जितिन उपाधि
नेपालखोज
२०७८ चैत २० गते ८:४०
काठमडौं । इगा स्विटेकले जापानकी नाओमी ओसाकालाई पराजित गर्दै मियामी ओपनको उपाधि जितेकी छन् । यसअघिनै इगा लगातारको जितसँगै विश्व नम्बर एक बनीसकेकी छन् ।
उनले दोहा ओपन र इन्डिय वेल्सको उपाधि जितेकी थिइन् । २०२० मा फ्रेन्च ओपन जितेकी ओसाकालाई इगाले ६–४, ६–० को सेटमा पाखा लगाएकी थिइन् । २० वर्षिय इगो पहिलो डब्लु टिए –१००० लगातार तीन इभेन्न्ट जित्ने पहिलो खेलाडी बनेकी छन् ।
स्टाफि ग्राफले १९९४ र १९९६ मा यो उपलब्धि हासिल गरेकी थिइन् । त्यस्तै किम क्लिस्टर्सले २००५ तथा भिक्टोरिया अजारेन्काले २०१६ मा यो उपलब्धि हासिल गरेकी थिइन् । उनी यो उपलब्धि हासिल गर्ने सर्वाधिक कम उमेरकी खेलाडि समेत हुन् ।
सम्बन्धित
प्रतिक्रिया