नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान (तस्बिरसहित)
नेपालखोज
२०७८ चैत २० गते ९:३४
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गरेकाे छ । कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न साथै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि रक्तदान गरिएकाे समाजले जनाएकाे छ ।
रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको उपस्थितिमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न भएकाे आयाेजकले जनाएकाे छ । उनले मैतिदेवी युनाइटेड क्लबका अध्यक्ष रामकुमार खड्गीलाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । महिला तथा पुरूष गरि जम्मा ४८ जनाले रक्तदान गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया