अविश्वासको प्रस्तावमा पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध आज मतदान

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता अविश्वासको प्रस्तावमा आज मतदान हुँदै छ । विपक्षी गठबन्धनले खानमाथि आर्थिक अव्यवस्थाको आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।
खानलाई पार्टीभित्रैबाट समेत विरोध भएका कारण अविश्वासको प्रस्ताव सामना गर्न गाहे हुने अनुमान गरिएको छ । खानले अविश्वासको प्रस्ताव आफुले डटेर सामना गर्ने बताएका छन् । गएराति राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले अविश्वासको प्रस्ताव डटेर सामना गर्ने बताएका हुन् ।
प्रधानमन्त्री खानले विपक्षी दलहरुले ‘विदेशी षडयन्त्र’ मार्फत् ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाए छन् । सम्बोधन गर्दै उनले विपक्षीसँग मिलेर आफ्नोविरुद्ध विदेशबाट षड्यन्त्र रचिएको बताएका हुन् । खानले सम्पूर्ण देश विशेष गरी युवाहरुलाई शान्तिपूर्ण प्रदर्शन गर्न र सडकमा आउन अपिल गरेका छन् ।
प्रतिक्रिया