सोमबार, वैशाख २९, २०८२

ट्याक्टरबाट खसेर महिलाकाे मृत्यु

नेपालखोज २०७८ चैत २० गते १४:०१

काठमाडौं । तनहुँको भानु नगरपालिका-९ डुम्रीखर्कमा ट्याक्टरबाट खसेर एक महिलाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।

ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए । गएराति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन् । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया