नेप्से ३० अंकले घट्दा एक अर्ब ४६ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिननै नेप्से घटेर रातै भएको छ । नेप्से आज ३० दशमलव ८९ अंकले घटेर २५ सय १३ दशमलव ४१ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४४ अंकले घटेर चार सय ६९ दशमलव तीन अंकमा पुगेको छ । दुई सय २४ वटा कम्पनीहरुको २४८ लाख एक सय १३ पटकको कारोबारमा ३२ लाख ५३ हजार आठ सय १६ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम एक अर्ब ४६ करोड सात लाख ७३ हजार सात सय २९ रुपैंयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा आज सामुहिक लगानी कोष समूहको सूचकस्थिर देखिएको छ भने बाँकी समूहहरुको सूचक उच्च अंकले घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ३८ अंकले घटेर १६ सय ३४ दशमलव २८ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ५५ दशमलव ८६ अंकले घटेर ४३ सय २९ दशमलव ११ अंकमा पुगेको छ ।
जलविद्युत समूहको सूचक पनि ३९ दशमलव चार अंकले घटेर २९ सय ३२ दशमलव १५ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि एक सय ७४ दशमलव ६१ अंकले घटेर १२ हजार ७१ दशमलव ४४ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय १६ दशमलव ९९ अंकले घटेर घटेर १४ हजार ६० दशमलव ९७ अंकमा झरेकोमा फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १४ सय ५१ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव दुई प्रतिशतले घटेर एक हजार ७६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता सात सय रुपैयाँ अन्तिम मूल्यमा नौं करोड ७२ लाख ५१ हजार दुई सय ६९ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया