राष्ट्र बैंकले ३२ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने चैत्र २२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौं अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश : २०७९ बैशाख २० गते, २०७९ असार २१ गते, २०७९ असोज १८ गते र २०७९ चैत्र २१ गते तोकिएको छ । यि सबै ट्रेजरी पुरानो नविकरण अन्तर्गतको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही चैत १४ गते पनि राष्ट्र बैकले २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
प्रतिक्रिया