शुक्रबार, जेठ ४, २०८१

थपिए २३ संक्रमित, ६६ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत २० गते १७:०३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ५ हजार ८४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १ हजार ६२ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कसैलाई संक्रमण देखिएको छैन् । नेपालमा अब जम्मा ८९९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ६६ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६५ हजार ६२५ पुगेको छ । संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३० हजार ४४८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया