राप्रपाका अध्यक्ष लिङ्देनले गृहजिल्ला झापामा शक्ति प्रदर्शन गरे (फोटो फिचर)
काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी तीनै तहको निर्वाचनमा पार्टीले जनताको मन जित्ने दाबी गरेका छन् । उनले आज क्षेत्र नं ३ अन्तर्गत राप्रपाले स्थानीय तह जितेको कचनकवलको बनियानीमा आयोजना भएको आमसभामा राप्रपालाई कमजोर नमान्न पनि चेतावनी दिए ।
उनले आगामी दिनमा नेतृत्वले पहिला गरेको गल्तीहरु नदोहोर्याउने स्पष्ट पारे । उनले राप्रपालाई एकपटक विश्वास गरेर हेर्न अनुरोध समेत गरे । उनले भ्रष्टचारलाई निर्मूल पार्न सकेमात्र देश विकास हुने बताए । उनले देशको मुख्य समस्या भ्रष्टचार रहेको बताउँदै भ्रष्टचारीलाई तह नलगाई देश विकास नहुने बताए ।
यो ठाउँ राप्रपाले एकमात्र सिट जितेको निर्वाचन क्षेत्र हो । १६५ निर्वाचन क्षेत्रमध्ये राप्रपा झापा ३ मा मात्र विजयी बनेको थियो । राजेन्द्रको राम्रो पकड रहेको क्षेत्रका रुपमा यस ठाउँलाई हेरिन्छ । उनले कांग्रेसका पूर्वमहामन्त्री तथा पुर्वगृहमन्त्री कृष्णप्रसाद सिटाैलालाई भारी मतान्तरले पराजित गरेका थिए ।
आमसभालाई प्रदेश १ का अध्यक्ष राम थापा, प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया