केहीलाई धरहरा बनाएको भतभती पोले पनि हामीलाई गर्व लाग्छ : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरुले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताएका छन् । अध्यक्ष ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै भ्यूटावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताएका छन् ।
आज काठमाडौंमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै उनले हामीले बनाएका भ्यूटावरहरु हाम्रा सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गर्दै विकासको त्यो मोडेललाई नबुझ्नेहरुले त्यसो नगर्ने प्रतिज्ञा गर्न आग्रह गरेको बताए ।
केहीलाई धराहरा बनाएको भतभती पोलेपनि आफूहरुलाई भने गर्वको महसुश हुने गरेको उनले बताए । अध्यक्ष ओलीले धरहरा एउटा भ्यू टावर भएको र त्यो राष्ट्रको पहिचान, गौरव र इतिहास भएको स्मरण गराए ।
अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटकपटक दोहो¥याए । उनले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका ८ लाख ५५ हजार बढि संगठित सदस्यहरुले सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताए । कार्यक्रममा ओलीले सो केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवम् उद्योगी मोति दुगडलाई तोकिएको पनि घोषणा गरे ।
प्रतिक्रिया