‘देउवा कांग्रेस सभापतिको हैसियतमा मात्रै विजेपीको मुख्यालय गएका हुन’
नेपालखोज
२०७८ चैत २० गते २१:०८
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएका स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री देउवाले कूटनीतिक मर्यादा विपरित विजेपी पार्टीको मुख्यालयमा पुगेको चर्चा भइरहेका बेला मन्त्री खड्काले प्रधानमन्त्रीको हैसियतमा नभई पार्टी सभापतिको हैसियतमा उनले सो भ्रमण गरेको स्पष्टिकरण दिएका हुन् ।
आज साँझ प्रधानमन्त्री देउवा स्वदेश फर्किए पछि त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले दिल्लीमा दुई पार्टीबीचको सम्बन्ध बलियो बनाउन मुख्यालयमै गएर भेट गरेको र त्यसलाई कूटनीतिक मर्यादा विपरित भन्न नमिल्ने पनि बताए ।
सम्बन्धित
प्रतिक्रिया