त्रिकोणात्मक टी-२० : उपाधिका लागि नेपालले पीएनजीसँग खेल्दै
नेपालखोज
२०७८ चैत २१ गते ७:१७

काठमाडाैं । त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ ।
नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो ।
नेपाल समूह चरणका ४ खेल जित्दै फाइनलमा पुग्दा पीएनजी दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । नेपालले समूह चरणका दुवै खेलमा पीएनजीमाथि जित निकालेकाले उच्च मनोबलका साथ फाइनल खेल्दै छ ।
सम्बन्धित

प्रतिक्रिया