सक्षम र इमानदार व्यक्तिलाई उम्मेद्वार बन्न विवेकशील साझाकाे आह्वान
नेपालखोज
२०७८ चैत २१ गते ९:४३
काठमाडौं । विवेकशील साझा पार्टीले आगामी स्थानीय निर्वाचनमा देशभरबाट सक्षम र इमानदार व्यक्तिहरूलाई पार्टीको तराजु चुनाव चिह्नबाट प्रतिस्पर्धाका लागि प्रस्ताव पेस गर्न खुला आह्वान गरेको छ ।
विवेकशील साझा पार्टीले एक सूचना जारी गर्दै भनेको छ, ‘स्थानीय चुनावमा देशैभरीका विवेकशील साझाका सहित बाहिरका पनि इमानदार र सक्षम व्यक्तिहरूलाई ‘तराजु’ चुनाव चिन्ह लिएर उम्मेदवार बन्न आह्वान गर्दछौं ।’
फारमा यस (https://bsp.org.np/looking-for-leaders/) लिंकमा भर्न सकिने पार्टीले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया