नेपालले उपाधिका लागि पीएनजीलाई दियो १६९ रनको लक्ष्य, दीपेन्द्रले बनाए अर्धशतक
काठमाडाैं । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रन बनायो । मध्येम सुरुवात गरेको नेपालले ३७ रनमा पहिलो विकेट गुमायो ।
नेपालका ओपनर कुशल भर्तेल २५ रनमा आउट भए । उनले २२ बलमा पाँच चौका प्रहार गरे । जसका कारण नेपालले ३७ रनमा पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका रोहित पौडेलपनि मात्र दुई रनमा आउट भएपछि नेपालले ४४ रनमा दोस्रो विकेट गुमायो ।
नेपालको स्कोर ८३ रन हुँदा तेस्रो विकेट झर्यो । ओपनर आशिफ शेख ब्यक्तिगत २९ रनमा आउट भए । १२ औं ओभरको पहिलो बलमा आशिफलाई गुमाएको नेपालले दोस्रो बलमा आरिफ शेखलाई खेर फाल्यो । उनी दुई बल खेल्दा खाता खोल्न नपाउँदै क्याच आउट भए । दुबै खेलाडीलाई सिमो कामियले आउट गरे ।
त्यसपछि दिलिप नाथपनि खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ८२ रनमा नै पाँचौं विकेट गुमायो । एकै ओभरमा तीन विकेट गुमाएपछि नेपालको रनमा केहि ब्रेक लागेको थियो ।
यो खेलमार्फत दिपेन्द्रसिंह ऐरीले टी २० मा एक हजार रन पुरा गरे । उनले ब्यक्तिगत २१ रन बनाएपछि टी-ट्वान्टीमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बने । नेपालले एक सय १४ रन हुँदा छैटौं विकेट गुमायो । नेपालका मोहम्मद आदिल आलम १५ रनमा आउट भए ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरी अर्धशतकीय पारी खेल उनले ३५ बलमा पाँच चौकाको मद्दतले ५० रन बनाए । उनको टी २०मा यो पाँचौं अर्धशतक हो । उनी नेपालका लागि धेरै अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन । उनी ५१ रनमा अविजित रहे । यस्तै करण केसीले १२ बलमा पाँच चौका र एक छक्काको मद्दतले ३३ रन बनाए ।
बलिङमा सिमोले चार ओभरमा एक मेडेन सहित २८ रन खर्चिएर तीन विकेट लिए ।
दिपेन्द्रको एक हजार रन
नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा खेलाडी दिपेन्द्र सिंह ऐरीले नयाँ कीर्तिमान बनाएका छन । उनी नेपालका लागि टी २० अन्तराष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन ।
सन् २०१८ मा लर्डसमा भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालका लागि टी-ट्वान्टीमा डेब्यु गरेका दिपेन्द्रले पपुवा न्युगिनीविरुद्धको फाइनलमा २१ रन बनाएसँगै एक हजार रन पुरा गरेका हुन ।
नेपालका लागि टी-ट्वान्टी र एकदिवसिय खेलमा शतक बनाउने दोस्रो खेलाडी समेत रहेका दिपेन्द्रले यो कोशेढुंगा ३९ रनमा पुरा गरेका हुन । उनले चार बर्ष नेपालबाट टी २० खेलमा प्रतिनिधित्व गर्दा उनी ३३ खेलमा डकआउट नहुने विश्वको दशौं खेलाडी हुन । यसका साथै उनी नेपालका लागि टी २० क्रिकेटमा एकै पारिमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी हुन । उनले मलेसियाविरुद्ध बनाएको एक सय १० रनको स्कोर कुनैपनि नेपाली खेलाडीले टी-ट्वान्टीमा बनाएको ब्यक्तिगत उच्च स्कोर हो । टी-ट्वान्टी मा दिपेन्द्रले चार अर्धशतकका साथै एक शतक बनाएको जसमा उनको एभरेज ३८ दशमलव दुई तीनको छ ।
नेपालका लागि टी-ट्वान्टी मा धेरै रन बनाउने खेलाडीमा दिपेन्द्रले यहि सिरिजमा पारसलाई उछिनेका थिए । यो सिजनमा एक दिवसिय र टी-ट्वान्टी मा शतक बनाएका दिपेन्द्रले एक अर्धशतक पनि बनाएका थिए ।
ऐरीले ३८ खेलमा ३४ पारिरमा एक हजार रन पुरा गरेका हुन । उनले टी-ट्वान्टी का बोस मानिने क्रिस गेलसँग यो रेकर्डमा बराबरी गरेका छन । गेलले पनि ३४ पारिमा नै एक हजार रन पुरा गरेका थिए । यसका साथै उनले न्युजिल्याण्डका मार्टिन गुप्टिल, ब्रान्डन म्याक्कुलमलाई पनि पछि पारेका छन । ब्रेन्डनले ३५ पारिमा एक हजार रन पुरा गरेका थिए भने गुप्टिलले ३५ पारीमा एक हजार रन पुरा गरेका थिए ।
प्रतिक्रिया