आइतबार, जेठ ६, २०८१

एन्फा कार्यसमिति बैठक आज बस्दै

नेपालखोज २०८० वैशाख २५ गते १०:३७

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिको आपतकालिन बैठक आज बस्दै छ । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यलाई पत्राचार गर्दै बैठक बोलाएका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजेपछि बैठक सुरु हुने पत्रमा उल्लेख छ। एन्फाको यसअघि चैत १८ गते शनिवार पछिल्लो पटक आपतकालिन बैठक बसेको थियो ।

गत फागुन १७ गतेपछि एन्फाको पूर्णकालीन बैठक बस्न सकेको छैन । एन्फाको विधानअनुसार पूर्णकालीन बैठकका लागि कम्तीमा सात दिन अगाडि नै एजेन्डा पदाधिकारी र सदस्यलाई उपलब्ध गराउनुपर्छ ।

कसैले एजेन्डा थप्न चाहे त्यसका लागि पनि प्रस्तावको व्यवस्था छ । यद्यपि, एन्फामा देखिँदै आएको असन्तुष्ट समूहले सामाजिक सञ्जालमार्फत आपतकालिन बैठक बोलाएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

प्रतिक्रिया