१६ अंकले नेप्से घट्दा एक अर्ब ५८ करोडको कारोबार, सबै सूचक रातै
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन ३० दशमलव ८९ अंकले घटेको नेप्से आज पुनः १५ दशमलव ९४ अंकले घटेर २४ सय ९७ दशमलव ४७ अंकमा झरेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४७ अंकले घटेर चार सय ६६ दशमलव ५५ अंकमा पुगेको छ । दुई सय २६ कम्पनीको ३१ हजार पाँच सय ६७ पटकको कारोबारमा ३४ लाख २९ हजार नौं सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ । आज कुल कारोबार रकम एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार पाँच सय ६२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव आठ अंकले घटेर १६ सय २९ दशमलव ४८ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि २६ दशमलव दुई अंकले घटेर ४३ सय तीन दशमलव १० अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक पनि २४ दशमलव आठ अंकले घटेर २९ सय सात दशमलव ३५ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ९९ दशमलव ४६ अंकले घटेर ११ हजार आठ सय ७४ दशमलव ५९ अंकमा झरेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय २८ दशमलव ५३ अंकले घटेर १३ हजार नौ सय ३२ दशमलव ४४ अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १२ सय ७७ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिटिजन्स म्युचुअल फन्डको प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेर तीन सय ८० रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसैगरी आज इमर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता १४ सय ७० रुपैंयाँ अन्तिम मूल्यमा ६ करोड ३९ लाख १५ हजार पाँच सय ८३ रुपैंयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया