मंगलबार, मंसिर १८, २०८१

दीपेन्द्रको अलराउन्ड प्रदर्शनका कारण त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपालको कब्जा

नेपालखोज २०७८ चैत २१ गते १६:०२

काठमाडाैं । दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनका कारण त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको नेपालले जितेको छ । फाइनलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हरायो ।

नेपालले घरेलु मैदानमा लगातार दोस्रो टी-ट्वान्टी सिरिज जितेको छ । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२० मा नेदरल्यान्डस् र मलेसिया सम्मिलित सिरिज जितेको थियो । यसका साथै सन्दिप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज जितेको हो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रन बनायो । मध्यम सुरुवात गरेको नेपालले ३७ रनमा पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भर्तेल २५ रनमा आउट भए । उनले २२ बलमा पाँच चौका प्रहार गरे । जसका कारण नेपालले ३७ रनमा पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका रोहित पौडेलपनि मात्र दुई रनमा आउट भएपछि नेपालले ४४ रनमा दोस्रो विकेट गुमायो ।

नेपालको स्कोर ८३ रन हुँदा तेस्रो विकेट झर्यो । ओपनर आशिफ शेख ब्यक्तिगत २९ रनमा आउट भए । १२ औं ओभरको पहिलो बलमा आशिफलाई गुमाएको नेपालले दोस्रो बलमा आरिफ शेखलाई खेर फाल्यो । उनी दुई बल खेल्दा खाता खोल्न नपाउँदै क्याच आउट भए । दुबै खेलाडीलाई सिमो कामियले आउट गरे ।

त्यसपछि दिलिप नाथपनि खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ८२ रनमा नै पाँचौं विकेट गुमायो । एकै ओभरमा तीन विकेट गुमाएपछि नेपालको रनमा केहि ब्रेक लागेको थियो ।

यो खेलमार्फत दिपेन्द्रसिंह ऐरीले टी-ट्वान्टी मा एक हजार रन पुरा गरे । उनले ब्यक्तिगत २१ रन बनाएपछि टी-ट्वान्टीमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बने ।

नेपालले एक सय १४ रन हुँदा छैटौं विकेट गुमायो । नेपालका मोहम्मद आदिल आलम १५ रनमा आउट भए । नेपालका लागि दिपेन्द्रसिंह ऐरी अर्धशतकीय पारी खेल उनले ३५ बलमा पाँच चौकाको मद्दतले ५० रन बनाए । उनको टी-ट्वान्टीमा यो पाँचौं अर्धशतक हो । उनी नेपालका लागि धेरै अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन । उनी ५१ रनमा अविजित रहे । यस्तै करण केसीले १२ बलमा पाँच चौका र एक छक्काको मद्दतले ३३ रन बनाए । बलिङमा सिमोले चार ओभरमा एक मेडेन सहित २८ रन खर्चिएर तीन विकेट लिए ।

दीपेन्द्रको एक हजार रन

नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा खेलाडी दीपेन्द्रसिंह ऐरीले नयाँ कीर्तिमान बनाएका छन । उनी नेपालका लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन । सन् २०१८ मा लर्डसमा भएको नेदरल्यान्डसविरुद्धको खेलमा नेपालका लागि टी-ट्वान्टी मा डेब्यु गरेका दिपेन्द्रले पपुवा न्युगिनीविरुद्धको फाइनलमा २१ रन बनाएसँगै एक हजार रन पुरा गरेका हुन ।

नेपालका लागि टी-ट्वान्टी र एकदिवसिय खेलमा शतक बनाउने दोस्रो खेलाडी समेत रहेका दिपेन्द्रले यो कोशेढुंगा ३९ रनमा पुरा गरेका हुन । उनले चार बर्ष नेपालबाट टी-ट्वान्टी खेलमा प्रतिनिधित्व गर्दा उनी ३३ खेलमा डकआउट नहुने विश्वको दशौं खेलाडी हुन । यसका साथै उनी नेपालका लागि टी-ट्वान्टी क्रिकेटमा एकै पारिमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी हुन । उनले मलेसियाविरुद्ध बनाएको एक सय १० रनको स्कोर कुनैपनि नेपाली खेलाडीले टी-ट्वान्टीमा बनाएको ब्यक्तिगत उच्च स्कोर हो ।

टी २० मा दिपेन्द्रले चार अर्धशतकका साथै एक शतक बनाएको जसमा उनको एभरेज ३८ दशमलव दुई तीनको छ । नेपालका लागि टी-ट्वान्टी मा धेरै रन बनाउने खेलाडीमा दिपेन्द्रले यहि सिरिजमा पारसलाई उछिनेका थिए । यो सिजनमा एक दिवसिय र टी-ट्वान्टी मा शतक बनाएका दिपेन्द्रले एक अर्धशतक पनि बनाएका थिए ।टी-ट्वान्टीटी २० मा दिपेन्द्रले चार अर्धशतकका साथै एक शतक बनाएको जसमा उनको एभरेज ३८ दशमलव दुई तीनको छ । नेपालका लागि टी-ट्वान्टी मा धेरै रन बनाउने खेलाडीमा दिपेन्द्रले यहि सिरिजमा पारसलाई उछिनेका थिए । यो सिजनमा एक दिवसिय र टी-ट्वान्टी मा शतक बनाएका दिपेन्द्रले एक अर्धशतक पनि बनाएका थिए ।टी-ट्वान्टीटी २० मा दिपेन्द्रले चार अर्धशतकका साथै एक शतक बनाएको जसमा उनको एभरेज ३८ दशमलव दुई तीनको छ । नेपालका लागि टी-ट्वान्टी मा धेरै रन बनाउने खेलाडीमा दिपेन्द्रले यहि सिरिजमा पारसलाई उछिनेका थिए । यो सिजनमा एक दिवसिय र टी-ट्वान्टी मा शतक बनाएका दिपेन्द्रले एक अर्धशतक पनि बनाएका थिए ।टी-ट्वान्टीटी २० मा दिपेन्द्रले चार अर्धशतकका साथै एक शतक बनाएको जसमा उनको एभरेज ३८ दशमलव दुई तीनको छ । नेपालका लागि टी-ट्वान्टी मा धेरै रन बनाउने खेलाडीमा दिपेन्द्रले यहि सिरिजमा पारसलाई उछिनेका थिए । यो सिजनमा एक दिवसिय र टी-ट्वान्टी मा शतक बनाएका दिपेन्द्रले एक अर्धशतक पनि बनाएका थिए ।

ऐरीले ३८ खेलमा ३४ पारिरमा एक हजार रन पुरा गरेका हुन । उनले टी-ट्वान्टी का बोस मानिने क्रिस गेलसँग यो रेकर्डमा बराबरी गरेका छन । गेलले पनि ३४ पारिमा नै एक हजार रन पुरा गरेका थिए । यसका साथै उनले न्युजिल्याण्डका मार्टिन गुप्टिल, ब्रान्डन म्याक्कुलमलाई पनि पछि पारेका छन । ब्रेन्डनले ३५ पारिमा एक हजार रन पुरा गरेका थिए भने गुप्टिलले ३५ पारीमा एक हजार रन पुरा गरेका थिए ।

जवाफमा पीएनजी १६ ओभर एक बलमा एक सय १८ रनमा अलआउट भयो । पीएनजीले १४ रन हुँदा पहिलो विकेट गुमायो । नेपालका लागि करण केसीले लेगा सिकालाई आठ रनमा आदिल आलमको हातबाट क्याचआउट गराए ।

त्यसपछि दिपेन्द्रसिंह ऐरीले एकै ओभरमा दुई विकेट लिएपनि पीएनजीले २५ रनमा तीन विकेट गुमायो । जसमा आसाद भाला आठ रनमा आउट हुँदा २५ रनमा दोस्रो विकेट गयो भने लगत्तै टोनी उरापनि खाता खोल्न नपाउँदै आउट हुँदा नेपालले तेस्रो विकेट हार पार्यो ।

त्यसपछि पीएनजीको स्कोर ५६ रन हुँदा चौथो विकेट गयो । उसका लार्स अमिनीलाई दिपेन्द्रसिंह ऐरीले १५ रनमा सोमपाल कामीको हातबाट क्याचआउट गराए । त्यसपछि पीएनजीको स्कोर ८७ रन हुँदा पाँचौं विकेट गयो । उसका रेली हेकुरालाई सन्दिप लामिछानेले सोमपाल कामीको हातबाट ६ रनमा क्याच आउट गराए ।

त्यसका अर्को बलमा सन्दिपले नै नोरमनलाई खाता आउट गरे । उनले खाता खोल्न नपाउँदै आउट गरे । जसका कारण पीएनजीले ८७ रनमा छैटौं विकेट गुमायो । पीएनजीको ९० रन हुँदा सातौं विकेट झर्यो । दिपेन्द्रसिंह ऐरीले चाद सापेरलाई आदिलको हातबाट मात्र एक रनमा क्याचआउट गराए । पीएनजीको स्कार एक सय आठ रन हुँदा नेपालले आठौं विकेट लिन सफल भयो । उसका सेसे बाउलाई अभिनाश बोहराले करण केसीको हातबाट क्याच आउट गराए । उनले ३८ बलमा एक चौका र ६ छक्काको मद्दतले ५९ रन बनाए । त्यसपछि उसको स्कोर एक सय १७ रन हुँदा नौं विकेट झर्यो । काबुवा मोरियालाई करण केसीले क्याआउट गराए । उनले मात्र चार रन बनाए ।

दिपेन्द्रले चार ओभरमा १८ रन खर्चिएर चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिए । सन्दिप लामिछानेले चार ओभरमा २५ रन दिए दुई विकेट लिए । यो उपाधिसँगै नेपालले एकदिवसिय सिरिजमा ब्यहोरको हारको बदलापनि लिएको छ ।

प्रतिक्रिया