मंगलबार, जेठ १, २०८१

विश्वकप खेल्ने लक्ष्य लिएको नेपाल टस हारेर ओमानविरुद्ध ब्याटिङ गर्दै

नेपालखोज २०७८ फागुन ६ गते ११:४१

काठमाडौं । आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि नेपालले ग्लोबल छनोटमा ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा ओमानविरुद्ध खेल्न लागेको नेपालले टस हारेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले टस हारेपछि पहिला ब्याटिङ गर्नुपर्ने भएको छ । ओमानका कप्तान जिशान मक्सुदले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिए ।

नेपालले ४ जना बलर र २ जना अलराउण्डरलाई मैदान उतारेको छ । पाँच जना ब्याटरले नेपालको पारि सम्हाल्ने जनाइएको छ । यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । सोही प्रदर्शन दोहोर्याउने रणनीतिमा नेपाल हुने छ ।

आजको खेलमा शरद भेषावकर, गुल्सन झा र सागर ढकाललाई बाहिर राखिएको छ ।

नपालको टीम

सन्दीप लामिछाने कप्तान, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम ।

प्रतिक्रिया