बुद्धभूमिमा अन्याय र अत्याचार बढ्यो : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढेको भन्दै गुनासो पोखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा शाहीले शान्ति भूमिमा नेपाली जनताले राष्ट्रघातीलाई कहिले स्वीकार नगर्ने स्पष्ट पारे ।
देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र यही देशमा रोजगारीको निम्ति हुने पनि उनको भनाई थियो । विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी रहेको उनले बताए । उनले भने, ‘राजा हुँदा देशमा न्याय हुन्थ्यो, अहिले देशद्रोहीले देश चलेकोले अब जनता न्याय माग्न कहा जाने ?´
तीन वर्षमा एक अर्ब ८ करोड बजेट सिद्धार्थनगर आएको र ५० करोड आठ लाख बेरुजु रहेको उनले स्पष्ट पारे । १७ करोड मोजमस्तीमा खर्च भएको बताउँदै प्रवक्ता शाहीले यसको हिसाब जनताले लिनुपर्ने बताए ।
प्रतिक्रिया