पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७८ चैत २२ गते ६:२२

काठमाडाैं । हाल नेपालमा भारतको विहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो प्रदेश नं १,वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरुमा र वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै, आज राति प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया