रूसी ग्यास कटौती तत्काल असम्भव : जर्मनी
नेपालखोज
२०७८ चैत २२ गते ७:२७

मस्को । मस्कोले यूक्रेनमाथि गरेको आक्रमणको विरोधमा यूरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताएकाे छ ।
जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले यूक्रेनमाथि गरेको आक्रमणविरुद्ध स्वीकृतिका रुपमा रूसी ग्यास आयातमा कटौती गर्न ईयूले अहिलेसम्म सम्भव नभएको बताएका हुन् । इन्धन कटौतीले रूसमा मात्रभन्दा पनि यसले बढी हानि यूरोपलाई गर्ने भएकाले यो सम्भव नभएको उनले बताए ।
लक्जेमबर्गमा आफ्ना युरोजोन समकक्षहरूसँग वार्ताका लागि आएका लिन्डनरले भने, हामीले रुससँग सबै आर्थिक सम्बन्ध कटौती गर्नुपर्छ । तर, अहिले ग्यास आपूर्ति कटौती गर्न सम्भव छैन ।’ उनले भने, ‘यसका लागि हामीलाई थप केही समय चाहिन्छ ।’
सम्बन्धित
प्रतिक्रिया