सोमबार, वैशाख २९, २०८२

पुटिनविरुद्ध युद्ध अपराधीको मुद्दा चलाउन बाइडेनको आह्वान

नेपालखोज २०७८ चैत २२ गते ११:०३

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधीको मुद्धा चलाउन आह्वान गरेका छन् । युक्रेनको बुचा सहरमा भएको आमहत्या पुटिनको गम्भीर गल्ती भएको भन्दै मुद्दा चलाउन आब्हान गरेका हुन् ।

तीन सयजना भन्दा धेरै निशस्त्र नागरिकको यातना दिँदै पाशविकरूपमा हत्या गरेको वाइडेनले दाबी गरेका छन् । उनले यो घटना क्रुरता र युद्ध अपराध भएको जनाएका छन् । युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमण गरेपछि अवस्था डरलाग्दो देखेको प्रतिक्रिया दिएका छन् ।

सडकमा छरिएका र जथाभावी थुप्रिएका शवको दृष्य कारुणिक रहेको जेलेन्स्कीको भनाइ छ ।जेलेन्स्कीले पनि युद्ध अपराधमा संलग्न रुसी सैनिकको पहिचान गर्दै कडा कारबाहीको माग गरेका छन् । उनले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्धा हाल्ने भएका छन् ।

आफ्नै देशमा बाँच्न पाउने हकको चरम हनन गरेको जेलेन्स्कीले टिप्पणी गरेका छन् । युक्रेनको बुचा घटनालाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा जेलेन्स्कीले सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया