खेलकुद मन्त्रीले दिए नेपाली क्रिकेट टीमलाई बधाई
नेपालखोज
२०७८ चैत २२ गते १२:१०

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुुन् ।
नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई दिएका थिए ।
मन्त्री अथकले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेखेका छन्, ‘त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’
सम्बन्धित
प्रतिक्रिया