मुलुक निर्माणका लागि स्थानीय तह निर्वाचनमा राप्रपालाई विजयी गराऔं : राजेन्द्र लिङ्देन

नेपालखोज २०७८ चैत २२ गते १३:३०

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको आरोप लगाए ।

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गरे । समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग उनले आग्रह गरे ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त वातावरण बनेमा गठबन्धन बनाएर जान सकिने बताउँदै स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवं वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने धारणा व्यक्त गरे ।

पार्टीमा विभिन्न पार्टी परित्याग गरेर सयाैं कार्यकर्ता प्रवेश गरेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया