शुक्रबार, जेठ ४, २०८१

थप २४ जनामा संक्रमण,५१ डिस्चार्ज

नेपालखोज २०७८ चैत २२ गते १६:५२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार २७८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज २ हजार ३०९ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ३ जनालाई संक्रमण देखिएको छ । नेपालमा अब जम्मा ८१२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ५१ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६५ हजार ७६५ पुगेको छ । संक्रमण निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १७ हजार ७५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया